सुनको मुल्य तोलामा एक हजारले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलामा एक हजारले बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्यमा बृद्धि भएको छ । हिजो प्रतितोला ९६ हजार ३०० सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९७ हजार ३०० रुपैंया रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ रहेको छ ।

त्यस्तै, यता आज चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२७० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार ११:२१