नेपाल इन्स्योरेन्सकाे ७३औं वार्षिक साधारण सभा जेठ ३० गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्स्योरेन्सकाे ७३औं वार्षिक साधारण सभा जेठ ३० गते



काठमाडौं । नेपाल इन्स्योरेन्सले ७३औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ३० गते काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश छन्।

सोही सभाले कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बढाएर २.६ अर्ब पुर्याउने र सोहीबमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ५ को (क) मा भएको अधिकृत पुँजीसम्बन्धी व्यवस्था संशोधन गर्नेसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार १६:३२