पर्यटन बोर्ड र जजिरा एरलायन्सबीच सहकार्य गर्ने प्रतिवद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पर्यटन बोर्ड र जजिरा एरलायन्सबीच सहकार्य गर्ने प्रतिवद्धता



काठमाडौं । नेपाल पर्यटन बोर्ड र कुवेतको जजिरा एअरलायन्सका प्रतिनिधिबीच बिहीबार नेपाल पर्यटन बोर्डमा भेटवार्ता भएको छ । भेटका अवसरमा दुवै पक्षले एक आसपमा सहकार्य गर्ने गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

जजिरा एअरलायन्सले २०७९ जेठ २ गते देखि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यवसायिक उडान गरे लगत्तै बोर्डले मध्यपूर्वका पर्यटकलाई नेपाल ल्याउने रणनीति अनुरुप जजिराका प्रतिनिधिसँग छलफल गरेको हो ।

कुवेतको जजिरा एयरलाइन्सले समेत नेपालमा उडान गर्दा मध्यपूर्व काममा जाने नेपाली श्रमिक बाहेक त्यो क्षेत्रबाट नेपालबाट पर्यटक ल्याउन सकिने जनाएको छ । पर्यटन बोर्डमा भएको भेटका अवसरमा बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मीले जजिराको उडानले मध्यपूर्व काममा जाने नेपाली श्रमिक बाहेक त्यो क्षेत्रमबाट नेपालमा र्यिटकम ल्याउन पनि सहयोग पुग्ने बताए ।

उनले लुम्बिनीबाहेक चितवन राष्ट्रिय निकुञ्ज,बर्दिया राष्ट्रिय निकुञ्ज, रानीमहल लगमयतका षेत्रमा समेत मध्यपूर्वका पर्यटकलाई आर्कषित गर्न सकिने र यसकोलागि जजिरासँग सहकार्य गरेर अगाडि बढ्न बोर्ड तयार रहेको जानकारी दिए ।

यस्तै जजिरा एअरलायन्सका नेपाल तथा बंगलादेश एरिया म्यानेजर अर्जित गाँगुलीले नेपाली श्रमिक बाहेक नेपालमा मध्यपूर्वका पर्यटक आगमनको पनि पर्याप्त सम्भावना रहेकोले आफहरुले बजार विस्तार गरेको जानकारी दिए ।

उनले जजिरा एअरलायन्स बोर्डसँग सहकार्य गरेर कार्य गर्न इच्छुक रहेको बताए । कार्यक्रममा बोर्डका तर्फबाट वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपाल नेचर, कल्चर तथा एडभेनचरका दृष्टिले पर्यटकका लागि उर्पयुक्त गन्त्वय भएकोले जजिराको उडानले दुवै पक्षलाई फाइदा पुग्ने धारणा राखेका छन् ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार १८:४४