फूल सर्कल एक्सपिडिसनका आरोहीलाई नेपाल पर्यटन बोर्डको सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

फूल सर्कल एक्सपिडिसनका आरोहीलाई नेपाल पर्यटन बोर्डको सम्मान



काठमाडौं । सगरमाथाको सफल आरहण गरी फर्किएको फुल सर्कल एक्सपिडिसनका आरोहीलाई नेपाल पर्यटन बोर्डका तर्फबाट सम्मान गरिएको छ । एक्सपिडिसनका ७ जना आरोहीले १२ मे २०२२ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।

आरोहीलाई नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिने लाहे थापाले होटल याक एण्ड यतिमा सम्मान गरेकी थिईन् । विभिन्न क्षेत्रबाट सगरमाथा आरोहण भइरहेको सन्दर्भमा फूल सर्कल एक्सपिडिसनका आरोहीले सगरमाथा आरोहण गरेर नयाँ सन्देश दिएको बताईन् । यो नेपालको पर्यतीय पर्यटनका लागि सुखद भएको बताउँदै उनले सबैलाई बधाई दिईन् ।

आरोहण टिमका टिम लिडर फ्लिप हेन्डर्सनले आफ्नो टिमले सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोमा गर्व महसुस भएको प्रतिक्रिया दिईन् । ‘विश्वको सर्वोच्च शिखर सगरमाथा आरेहण आफैमा रोमाञ्चक र जोखिमपूर्ण यात्रा हो । हाम्रो टिमले यो सफलता पाएकोले यो मेरो लागि र मेरो टिमका लागि नै खुशीको कुरा हो ’ उनले भनिन् ’। टीममा एक जना महीला सहित ७ जना काला जातीका आरोही तथा १३ जना नेपाली आरोहीहरु सहभागी रहेको टिम लिडर हेन्डर्सनले जानकारी दिईन ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार १८:४८