शिवशिखर बहुउद्देश्यीय सहकारीको सेवा केन्द्र तथा गार्डेन मार्टको शाखा सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

शिवशिखर बहुउद्देश्यीय सहकारीको सेवा केन्द्र तथा गार्डेन मार्टको शाखा सञ्चालन



काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको गुर्भाकोट–८ मेहलकुनामा आफ्नो २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सञ्चालनमा ल्याएको छ ।

शनिबार गुर्भाकोट नगरपालिकाका नवनिर्वाचित प्रमुख हस्त पुन र उपप्रमुख मैना विकले संयुक्त रुपमा शाखाको शुभारम्भ गरे ।

उपभोक्तालाई एउटै छानामुनी दैनिक उपभोग्यदेखि सबै किसिमका सामग्रीहरु उपलब्ध गराउने तथा र सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सहकारी र मार्टको नयाँ शाखा सञ्चालनमा ल्याइएको हो । शाखा शुभारम्भ गर्दै गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले सहकारी र मार्ट दुबैकोे सञ्चालनले स्थानीयलाई आधुनिक सेवा लिन सजिलो हुने बताए ।

‘यसले हाम्रो ठाउँमा व्यवसायिक गतिविधि वृद्धि हुनेछ र स्थानीयलाई आयआर्जनका लागि पनि सहयोग पुग्नेछ’, उनले भने ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको सुर्खेतका शाखाका प्रमुख चन्दन थापाका अनुसार यो मार्टमा दैनिक उपभोग्यवस्तु, लगायत सबै उमेर समूहका नागरिकलाई हुने लत्ताकपडा, बालबालिकाका लागि खेलौनाहरु उपलब्ध छन् ।

गार्डेन मार्टमा महिलाहरुका लागि श्रृंगारका सामग्रीहरु, फ्रिज, वासिङ्ग मेसिन, आइरन, गिजर लगायत विद्युतीय उपकरणहरु उपलब्ध रहेको सुर्खेतका शाखाका प्रमुख थापाले जानकारी दिए ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा शुभारम्भको अवसरमा सामग्रीहरुको खरिदमा उपभोक्तालाई विशेष छुट व्यवस्था गरिएको छ ।

प्रकाशित : ७ जेष्ठ २०७९, शनिबार १५:१२