सुनको मुल्य तोलामा सात सयले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलामा सात सयले बृद्धि



काठमाडौं । आईतबार सुनको मूल्यमा बृद्धि भएको छ । गतसाता प्रतितोला ९७ हजार ३०० सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ७०० सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार छापावाल सुनको मूल्य ९८ हजार रुपैंया रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, यता आज चाँदीको मूल्यमा भने स्थिरता आएको छ । गतसाता चाँदीको मूल्य प्रतितोला १२७० रुपैयाँमा कारोबार भएकोमा आईतबार पनि सोहि मुल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७९, आईतवार ११:१९