अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँट



काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँट जेठ ५ गते सम्पन्न गरेको छ । कम्पनीले चैत २५ गतेबाट वैशाख १५ गतेसम्म १: ०.३९३६ अनुपातमा कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

यसमा आवेदन दिएका १ लाख १३ हजार १५३ जना सेयरधनीहरुलाई १ करोड ४ लाख ७ हजार ८१५ कित्ता हकप्रद सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

बिक्री हुन बाँकी रहेको ४ लाख ५२ हजार १८५ कित्ता हकप्रद सेयर अब लिलामी प्रक्रियामार्फत बिक्री खुला गरिने कम्पनीले जनाएको छ । साथै, हकभन्दा बढी आवेदन दिएका सेयरधनीहरुलाई बाँडफाँटमा नपरेको सेयर वापतको रकम भोलि सोमबार जेठ ९ गते देखि सम्बन्धित सेयरधनीको बैंक खातामा फिर्ता हुनेछ ।

प्रकाशित : ८ जेष्ठ २०७९, आईतवार १२:३९