नेपाल राष्ट्र बैंकले २७ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेपाल राष्ट्र बैंकले २७ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब २० करोड ३२ लाख बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

जेष्ठ १० गते मंगलवार जारी हुने यस ट्रेजरी बिलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुने छ । केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्बको ट्रेजरी लिब जारी हुने भएको छ । यसका लागि असार ७ गते परिपक्व हुनेछ । ९१ दिनको लागि २ अर्ब २३ करोड बराबरको ट्रजरी बिल जारी जारी गर्न लागेको छ ।

यस बिल आगामी भदौ ७ गते परिपक्व हुनेछ । त्यसैगरी केन्द्रीय बैंकले १८२ दिनको लागि १२ अर्ब ४७ करोडको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो बिल भने आगामी मंसिर ६ गते परिपक्व हुनेछ । त्यसैगरी १ वर्षको लागि ७ अर्ब ५० करोडको ट्रेजरी बिल जारी हुने भएको छ ।

यो ट्रेजरी बिल २०८० जेष्ठ ९ गते परिपक्व हुनेछ । ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको लागि आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालिन अवधिको स्रोत जुटाउन यो बिल प्रयोग गरिन्छ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागि हुन पाउनेछन् ।

प्रकाशित : ८ जेष्ठ २०७९, आईतवार १४:३२