विश्वव्यापी रुपमा खाद्यान्न आपूर्तीमा आईरहेको समस्याले नेपालमा खाद्यान्न संकट आउन सक्छ : शेखर गोल्छा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

विश्वव्यापी रुपमा खाद्यान्न आपूर्तीमा आईरहेको समस्याले नेपालमा खाद्यान्न संकट आउन सक्छ : शेखर गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विश्वव्यापी रुपमा खाद्यान्न आपूर्तीमा आईरहेको समस्याले नेपालमा खाद्यान्न संकट आउने बताएका छन् । विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपायका विषयमा छलफल गर्न महासंघले आयोजना गरेको कार्यक्रममा गोल्छाले अहिले विश्वमा उर्जा संकट र खाद्यान्न संकट हुन थालेको र यसमा सचेत हुन आबश्यक रहेको बताए ।

नेपालमा कोभिड–१९ को प्रभाव, रुस र युक्रेन युद्ध, अमेरिकी डलर संगको विनिमय दरका कारण नेपालमा पनि मुद्रास्फीति, खाद्यान्न, उर्जा, बैदेशिक व्यापार र विदेशी मुद्रा संचितिमा चाप पर्ने देखिन्छ । ‘उनले भने,- निगमको मुल्य स्थिरिकरण कोष रित्तिएर भारतलाई करिब २५ अर्ब रुपैया उधारो पुगिसकेको र अब यो रकम यता सरकारले निगमलाई दिनुपर्छ हैन भने भाउ बढाउर्नुपर्छ । दुवै अवस्थामा यसको मार सर्वसाधारणलाई नै पर्ने हो । सरकारले दियो भने हाम्रो कर वापतको रकम जाने हो । मुल्य बढ्यो भने उपभोक्ताले प्रत्यक्ष रुपमा तिर्ने हुन् ।’


उनले इन्धनको मुल्य बढदा ढुवानी र उत्पादनमा पनि केहि हदसम्म लागत बढन गइ यसै पनि बजार भाउ बढने, कोभिड पछि विश्व नै तंग्रिन खोज्दा बजारमा चाप पर्दै गइरहेको साथै यही बीचमा रुस युक्रेन युद्धले मुल्य थप बढाइ दिएको बताए ।
विश्वभर नै बजार भाउ निक्कै अकासिएको छ । कच्चा तेलको मूल्य हाल प्रति व्यारेल ११२ अमेरिकी डलर पुगेको छ । रुस र युक्रेन युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा उर्जा र खाद्यान्न संकटका संकेत देखिन थालेको बताए । जसका कारण पनि विश्वका अधिकांस देशहरुमा मुद्रास्फिती दर बढ्दै गएको छ ।

गोल्छाले बैंक तथा वित्तीय संस्थाले बचतमा ब्याजदर बढाउँदा समेत निक्षेप बढ्न नसकेको भन्दै ब्याजदर घटाउने विषयमा योजना बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरे ।

प्रकाशित : ८ जेष्ठ २०७९, आईतवार २१:२५