ब्याजदर घट्दैन: गभर्नर अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

ब्याजदर घट्दैन: गभर्नर अधिकारी



काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले महाप्रसाद अधिकारीले ब्याजदर नघट्ने बताएका छन् । गभर्नर अधिकारीले ब्याजदर बढ्दा पनि उपभोग घट्न नसकेको बताए ।

विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपायका विषयमा छलफल गर्न महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उपभोग घटोस् भनेर ब्याजदर बढाउने नीति लिए पनि उपभोक्ताहरु जतिसुकै मूल्य वृद्धि हुँदा पनि खरिद गरिरहेको बताए ।

गभर्नर अधिकारीले आयातमा आधारित अर्थतन्त्र भइरहेकोले यसले मूल्यवृद्धि बढाउन सहयोग गरेको बताए । साथै उपभोग अत्यधिक बढ्दा मुद्रास्फीति पनि ह्वात्तै बढेको उनले बताए।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापार घाटा झनै बढ्न सक्ने बताएका छन् । उनका अनुसार रसिया र युक्रेनबीचको युद्धपछि रासायनिक मलको समेत अभाव भइरहेको र मूल्य समेत बढिरहेको छ ।

उनले समग्र आपूर्ति चेनमा समस्या सिर्जना भएको भन्दै खाद्य संकट समेत आउन सक्ने चेतावनी दिए।

प्रकाशित : ८ जेष्ठ २०७९, आईतवार २१:४७