स्विस फ्रैंक ८६ करोड १३ लाख अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्विस फ्रैंक ८६ करोड १३ लाख अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय



काठमाडौं । सरकारले स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने स्विस फ्रैंक करिब ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

मन्त्रिपरिषदको बैठकले स्विजरल्यान्डबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । जुन वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजनाका लागि खर्च हुने मन्त्री कार्कीले बताए ।


त्यसैगरी विश्व बैकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब ऋण साहायताका लागि बार्ता गठन गर्ने जानकारी दिएका छन् । सरकारले थाइल्यान्डको बैंककमा हुने युनिस्क्यापको ७८ औँ सत्रमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङ नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले नेपाल राष्ट्र बैकको नोट धुलाउने नियमावली २०७९ बनाउन स्विकृती दिने, सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेललाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार १६:४५