रिभर फल्स पावरको आईपीओ बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

रिभर फल्स पावरको आईपीओ बाँडफाँट



काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यलयमा सोमबार साँझ ४ बजे शेयर बाँडफाँट भएको हो ।

गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा २ लाख ५३ हजार ८९० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । आइपिओ रिजल्ट प्रकाशन भएपछि बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, मेरोशेयर तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट मार्फत हेर्न सकिनेछ।

कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । आईपीओ खरीदका लागि १८ लाख ३८ हजार ४३१ जना आवेदकहरुबाट २ अर्ब ११ करोड ३२ लाख ९२ हजार बराबरको आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि २५ लाख ३८ हजार ९०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत बिक्रीमा ल्याएको थियो ।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार १७:०४