राष्ट्र बैंकले ३ अर्ब बढीको नागरिक बचतपत्र विक्री गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले ३ अर्ब बढीको नागरिक बचतपत्र विक्री गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ १२ गतेदेखि पाँच वर्षे अवधिको नागरिक बचतपत्र विक्री गर्ने भएको छ । राष्ट्र बैंकले वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ३ अर्ब ३ करोड ६ लाख ६० हजार बराबरको नागरिक बचतपत्र विक्री गर्न लागेको हो ।

यो बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउने जानकारी राष्ट्र बैंकले दिएको छ । यो बचतपत्र खरीदका लागि जेठ ३१ गतेसम्म विक्री खुला गरिनेछ ।

इच्छुक खरीदकर्ताहरुले यो बचतपत्र खरीदका लागि न्यूनतम १० हजारदेखि अधिकतम १० हजारले माग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सक्नेछन् ।

असार ८ गतेदेखि निष्कासन मिति तय गरिएको यस बचपत्रको साँवा भुक्तानी मिति २०८४ साल असार ८ गते तय भएको छ । यो बचतपत्र खरीद गरेका लगानीकर्ताहरुले धितो राखी राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन समेत सक्ने राष्ट्र बैंकको भनाइ छ ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलवार ११:२२