नेप्सेमा १६.३२ अंककाे बृद्धि, एक अर्ब ८ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेमा १६.३२ अंककाे बृद्धि, एक अर्ब ८ करोडकाे काराेबार



काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से १६.३२ अंकले बढेर दुई हजार २ सय १७ दशमलव १९ विन्दुमा रोकिएको हो ।

मंगलबार नेप्सेमा १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १४९ कम्पनीको शेयरमूल्य बढेको छ, ३८ कम्पनीकोे शेयरमूल्य घटेको छ भने ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

त्यस्तै, आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.९५ प्रतिशतले बढेर प्रतिकित्ता १३१६ रुपैयाँ पुगेको छ । त्यसैगरी अप्पर तामाकोशी हाइड्रोपावरको पनि शेयरमूल्य ५.५८ प्रतिशतले बढेर प्रतिकित्ता ५०८.९० रुपैयाँ पुगेको छ ।

आज सर्वाधिक गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । जसको शेयरमूल्य १० प्रतिशत घटेको छ। कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ४ करोड ८४ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलवार १५:३०