पूँजीबजारलाई उत्पादनशील क्षेत्रको रुपमा परिभाषित गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

पूँजीबजारलाई उत्पादनशील क्षेत्रको रुपमा परिभाषित गर्ने



काठमाडौं । सरकारले पूँजीबजारलाई उत्पादनशील क्षेत्रको रुपमा परिभाषा दिंदै पूँजी बजारको विकास र विस्तारको नीतिलाई प्राथमिकतामा राख्ने बताएको छ ।

मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजीबजारलाई उत्पादनशील क्षेत्रको रुपमा परिभाषित गर्दै यसको विकास र विस्तार गरिने बताएकी हुन् ।

पूँजीबजारमा लगानीकर्ताको आकर्षण वृद्धि र पूँजी बजारका नियामक निकायको क्षमता समेत अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति भण्डारीका अनुसार सरकारले आगामी वर्ष नेपालको क्रेडिट रेटिङ पनि गर्नेछ । यस्तै बीमालाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गर्ने नीति समेत ल्याइने घोषणा भएको छ ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलवार १६:५१