वाणिज्य बैंकहरुमा एक हप्ताको अवधिमा ७ अर्ब रुपैयाँले बढ्याे निक्षेप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वाणिज्य बैंकहरुमा एक हप्ताको अवधिमा ७ अर्ब रुपैयाँले बढ्याे निक्षेप



काठमाडौं । पछिल्लो एक हप्ता वाणिज्य बैंकहरुकाे निक्षेप संकलनमा सुधार भएको छ । वाणिज्य बैंकहरुमा एक हप्ताको अवधिमा सात अर्ब रुपैयाँले निक्षेप बढेको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार बैशाख ३० गतेदेखि जेठ ६ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा ७ अर्ब रुपैयाँले निक्षेप बढेको देखिन्छ । बैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा उक्त निक्षेप बढेर जेठ ६ गतेसम्म आइपुग्दा ४३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको हो ।

यता, वाणिज्य बैंकहरुले पछिल्लो साता कर्जा प्रवाह पनि विस्तार गरेका छन् । बैशाख ३० गतेदेखि जेठ ६ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा ३ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको हो । बैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

उक्त कर्जा प्रवाह बढेर जेठ ६ गतेसम्म आइपुग्दा ४१ खर्ब ९४ अर्ब रुपैयाँमा पुगेको छ । ६ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.६० प्रतिशत रहेको छ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलवार १८:१६