राष्ट्र बैंकको सञ्चालकमा आचार्य र शिवाकोटी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

राष्ट्र बैंकको सञ्चालकमा आचार्य र शिवाकोटी नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैैठकले राष्ट्र बैंकको सञ्चालकमा डा. शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको हो ।

शिवाकोटी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक हुन् । राष्ट्र बैंक सञ्चालक सदस्य डा. श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि वैशाखदेखि उक्त पद रिक्त रहेको थियो ।

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार ११:४१