प्राधिकरणले सुरु गर्यो कल सेन्टर,चौबीसै घण्टा संचालन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

प्राधिकरणले सुरु गर्यो कल सेन्टर,चौबीसै घण्टा संचालन हुने



काठमाडौं। नेपाल विद्युत प्राधिकरणले कल सेन्टर संचालनमा ल्याएको छ। ग्राहकहरुको सहजताका लागि विद्युत आपूर्ति सम्बन्धी गुनासो, सूचना तथा जानकारीहरु एकै स्थानबाट आदानप्रदान गर्ने भन्दै संचालनमा ल्याइएको हो।

कल सेन्टर २४ सैं घन्टा सञ्चालनमा रहने छ । पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका ग्राहकहरुका लागि छुट्टाछुट्टै कल सेन्टर संचालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।

काठमाडौं उपत्यकाभित्र विद्युत आपूर्ति सम्बन्धी कुनै समस्या, सूचना तथा गुनासो भएमा प्राधिकरणको हटलाइन नम्बर ११५० मा फोन सम्पर्क गरिसकेपछि अंक १ डायल गरेर कल सेन्टरबाट सेवा लिन सकिनेछ।

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार १३:०७