गरिमा विकास बैंक र ब्लुक्रस हस्पिटल बिच स्वास्थ्य सेवामा छुट दिने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिमा विकास बैंक र ब्लुक्रस हस्पिटल बिच स्वास्थ्य सेवामा छुट दिने सम्झौता



काठमाडौं । विकास बैंकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलसँग हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा आर्कषक छुट सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौता अनुरुप, ब्लुक्रस हस्पिटलले यस विकास बैंकका मोबाईल बैंकिङ तथा डेविट कार्ड प्रयोगकर्ताहरुलाई स्टाण्र्डड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिीनिङ्ग प्याकेजमा ४५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।


साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरेकोे छ । ग्राहकमहानुभावहरुले छुट सम्बन्धिजानकारी यस विकास बैंकको आधिकारीक वेवसाईटबाट पनि हेर्न सकिने जनाएको छ ।


हाल, यस विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय एवं ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार १४:१२