नेप्से दोहोरो अंकले बृद्धि, कारोबार रकममा भने गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्से दोहोरो अंकले बृद्धि, कारोबार रकममा भने गिरावट



काठमाडौं । बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से १४.३७ अंकले बढेर दुई हजार २ सय ३१ दशमलव ५७ विन्दुमा रोकिएको हो। त्यस्तै, कारोबार रकम भने बुधबार घटेको छ । आज १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १४८ कम्पनीको शेयरमूल्य बढेको छ, ३९ कम्पनीकोे शेयरमूल्य घटेको छ भने ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । यसमध्ये पनि चार कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ । बलेफी हाइड्रो, मैलुङखोला जलविद्युत कम्पनी, सिंगटी हाइड्रो र गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेको हो । यी कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ७.१३ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार १५:१८