विराटनगरको वृहत्तर विकासको सन्दर्भमा नवनिर्वाचित मेयर, उपमेयरलाई संगठनको सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विराटनगरको वृहत्तर विकासको सन्दर्भमा नवनिर्वाचित मेयर, उपमेयरलाई संगठनको सुझाव

प्रकाशित मितिः १ असार २०७९



काठमाडौं । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको स्वागत गर्दै उद्योग संगठन मोरङले विराटनगरको वृहत्तर विकासलाई मध्यनजर गरी तत्कालीन र मध्यकालीनमा गर्नुपर्ने कार्यहरुका सन्दर्भमा सुझाव दिएको छ ।

नवनिर्वाचित मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीलाई २०७९ जेष्ठ १० गते संगठनको सचिवालया स्वागत तथा वधाई ज्ञापन गर्दै संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले तत्कालीन कार्ययोजना अन्तर्गत जनतासंग प्रत्यक्ष्ँ सम्वन्ध राख्ने सडक, खानेपानी, फोहर व्यवस्थापन, वाढी नियन्त्रण, स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रमा सर्वसाधारणलाई अनुभूति हुने गरी सुधारका कार्य गर्न सुझाव दिए ।

अध्यक्ष प्याकुरेलले अवैज्ञानिक तवरमा सडक, नाला लगायतका पूर्वाधार निर्माण नभएकाले सानो तिनो वर्षामा समेत विराटनगर डुवानमा पर्दै आएको वताउदै महानगरपालिकाको पूर्वाधार विकास गर्दा विज्ञहरुको सुझाव लिई दीर्घकालिन सोचका साथ काम गर्न अनुरोध गरेका छन् ।

महानगरको मध्यकालिन योजना अन्तर्गत विराटनगरमा स्थाई औद्योगिक प्रदर्शनी स्थलको आवश्यकता लामो समय देखि हुदै आएकाले संघिय र प्रदेश सरकारको साथ र सहयोग लिई पूर्वाधार यूक्त अत्याधुनिक प्रदर्शनी स्थल निर्माणमा अगुवाई लिन अध्यक्ष्ँ प्याकुरेलले अनुरोध गरे ।

उनले रुग्ण अवस्थामा रहेका घरेलु तथा साना उद्योगहरु पुनः संचालनमा ल्याए रोजगारका अवसरहरु सिर्जना भई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने वताउदै एकिकृत कर प्रणालीको व्यवस्था, महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुको विक्रि वितरणका कक्ष निर्माण, स्र्टापअपहरुको प्रवद्र्धनका माध्यमबाट युवाहरुलाई उद्यमशिलता विकास तर्फ अभिप्रेरित गर्ने कार्यक्रम महानगरपालिकालाई लागु गर्न अनुरोध गर्दै महानगरको विकासमा उद्योग संगठन मोरङको पुर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

नवनिर्वाचित मेयर नागेश कोईरालाले औद्योगिक नगरमा रुपमा परिचत विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माण कार्य आफनो प्राथमिकतामा पर्ने भएकाले पाच वर्षे कार्यकालमा जसरी पनि निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । नया योजना सहित विराटनगरमा रुग्ण अवस्थामा रहेका कुटिर तथा घरेलु उद्योग संचालनमा ल्याउन आफु लागि पर्ने वताउदै उनले कर दरहरु घटाउदै दायरा फराकिलो पार्ने कार्ययोजना रहेको वताए । अवका दिनमा विराटनगरको पूर्वाधार विकास गर्दा समग्र क्ष्ँेत्रलाई प्रभाव नपर्नेगरी विशेषज्ञहरुको राय, सुझाव लिई वैज्ञानीक पद्धती अनुरुप गरिने, युवाहरुका लागि स्थानीय स्तरमा रोजगारका अवसरहरु सिर्जना गर्ने वातावरण तयार गर्ने, आगामी पाच वर्षमा विराटनगरलाई देश कै नमुना शहरको रुपमा विकसीत गर्ने योजना रहेकाले सबैको साथ र सहयोगका लागि अनुरोध गरे ।

संगठनका तर्फबाट बिज्ञहरुको सुझावमा विराटनगरको समग्र क्षेत्रको विकास लागि साझा दस्तावेज तयारी गरी सोही अनुरुप कार्यगर्न, साना उद्योगहरुका लागि औद्योगिक ग्रामको स्थापना, सार्वजनिक नीजि साझेदारीको अवधारणा अनुरुप भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्ने लगायतका विराटनगरको वृहत्तर विकासका सन्दर्भमा गर्नुपर्ने कार्यहरुको सुझावहरु दिईएको थियो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका उप–मेयर शिल्पा निराला कार्की, वडा नं. २ का अध्यक्ष कुमार पोखरेलको उपस्थिती रहेको थियो ।

वधाई तथा स्वागत कार्यक्रममा संगठनका पूर्व अध्यक्ष्ँ नन्दकिशोर राठी, किशोर प्रधान, अशोक मुरारका, दिनेश गोल्छा, मुकेश उपाध्याय, उपाध्यक्ष्ँ राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, संजय अग्रवाल, तारानाथ निरौला, सुनिल धनावत, सौरभ सारडा, पारस लुनिया लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार १८:३९