प्रभु लाइफको सिईओमा सन्तोष प्रसाई, समितिले दियो स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रभु लाइफको सिईओमा सन्तोष प्रसाई, समितिले दियो स्वीकृति



काठमाडौं । बीमा समितिले प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सन्तोष प्रसाईंलाई स्वीकृती दिएको छ। समितिले उनलाई आज कम्पनीको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो ।

कम्पनी संचालक समितिको बैठकले उनलाई गत बैंशाख २२ गते नै इन्स्योरेन्सको सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको थियो । जसको स्वीकृतिको लागि बीमा समितिमा पठाइएको थियो । बीचमा चुनावको माहोल भएकाले उनले करिब २० दिनपछि बीमा समितिबाट स्वीकृति पाएका हुन् ।

समितिबाट स्वीकृतिको पत्र पाएका उनले अब प्रभु लाइफमा सीईओको कार्यभार सम्हाल्ने छन् । सीईओमा नियुक्तभएसँगै प्रसाईंले आगामी चार वर्ष कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रसाईं यसअघि नेपाल लाइफ इन्स्योरेन्सको सीईओ थिए । उनी करिब ५र६ वर्षदेखि नै उक्त इन्स्योरेन्समा आवद्ध थिए । त्यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा समेत सात वर्षको लामो अनुभव सम्हालेका थिए । प्रभुको सीईओ पदमा नारायणप्रसाद पौडेल रहेका थिए । उनले कार्यकाल नसकिँदै सीईओ पदबाट राजिनामा दिएका थिए ।

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार १९:४४