८ अंकले वृद्धि भयो सेयर बजार, ८८ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

८ अंकले वृद्धि भयो सेयर बजार, ८८ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार झिनो अंकले बढेको छ । आज नेप्से ८.०३ अंकले बढेर दुई हजार २ सय ३९ दशमलव ६० विन्दुमा रोकिएको हो ।

त्यसैगरी आज कारोबार रकम भने घटेको छ । आज ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका मध्ये १०३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीकोे शेयरमूल्य घटेको छ ।

यसमध्ये पनि मेगा बैंकको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । आज प्रतिकित्ता २४७.५० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज गुँरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५.४७ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी मेगा बैंकको भएको छ । यस कम्पनीको आज ५ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १२ जेष्ठ २०७९, बिहीबार १५:३०