कच्चा तेल उत्पादनमा कटौति गर्ने निर्णयसँगै तेलको मूल्यमा ८ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कच्चा तेल उत्पादनमा कटौति गर्ने निर्णयसँगै तेलको मूल्यमा ८ प्रतिशतले वृद्धि



21_08_2015-crudeकाठमाडौं १६ मंसिर । कच्चा तेल निर्यात गर्ने दशेहरुको संगठन ओपेकले तेल उत्पादनमा कटौति गर्ने निर्णय गरेका छन् । यसलगत्तै कच्चा तेल मंहगिएको छ ।  भियनामा भएको बैठकले कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेलगत्तै तेलको मूलयमा ८ प्रतिशतले वृद्धि भएको हो ।

ओपेकाका अध्यक्ष महोम्मद बिन सलेह अल सदाले प्रतिदिन १२ लाख ब्यारेल कच्चा तेलको उत्पादन घटाउने निर्णय भएको बताए । यो निर्णय आगामी जनवरीदेखि लागू हुनेछ ।

यो कटौति तेल उत्पादक देशको कुल ३ प्रतिशत हो । यसपछि तेलको उत्पादन प्रतिदिन ३२५ लाख ब्यारेलमा झर्नेछ । ८ वर्षपछि यस्तो सहमति भएको छ, जसका उद्देश्य तेलको मूल्य बढाउनकै लागि हो ।

पछिल्लो वर्षदेखि कच्चा तेलको मूल्यका प्रति ब्यारेल सय डलरसम्म गिरावट आयो । अध्यक्ष सलेहले तेल उत्पादन नगर्ने देश पनि यो निर्णयमा सहमत रहेको दावी गरे ।

उनले रुस पनि प्रतिदिन १ लाख ब्यारेल तेल उत्पादन घटाएर ३ लाख ब्यारेलमा सीमित गर्न सहमत भएको छ ।

प्रकाशित : १६ मंसिर २०७३, बिहीबार ०८:४६