बिन्ध्यवासिनी हाइड्रोपावरले १५ लाख कित्ता आईपीओ निष्काशन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

बिन्ध्यवासिनी हाइड्रोपावरले १५ लाख कित्ता आईपीओ निष्काशन गर्दै



काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जेठ २० गते प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि आइपीओ बैशाख ११ गतेदेखि २७ गतेसम्म विक्री खुला गरेर जेठ ११ गते बाँडफाँड गरिसकेको छ ।

सर्वसाधारणका लागि प्रस्ताव गरिएको कुल शेयरको ४ प्रतिशत अर्थात् ६० हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने सर्वसाधारणका लागि प्रस्ताव गरिएको कुल शेयरको ५ प्रतिशत अर्थात ७५ हजार कित्ता म्युचुअल फण्डका लागि छुट्याइएको छ । बाँकी १३ लाख ६५ हजार युनिट सर्वसाधारणका लागि छन् ।

सर्वसाधारणले यस आइपीओ खरीदका लागि जेठ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असार ३ गतेसम्म आईपीओ निष्काशन खुला रहने छ । न्यूनतम १० युनिट र अधिकतम एक लाख युनिटका लागि आवेदन दिन सकिन्छ।

आईपीओ निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । आवेदकले सि–आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आइपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार १३:४१