राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बिशेष

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित



काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले सरकारले आगामी वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ १५ दिउँसो ३ बजे बस्नेछ ।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार १५:२१