सरकारी जग्गा बैना गरी रकम ठगी गर्ने दुई जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सरकारी जग्गा बैना गरी रकम ठगी गर्ने दुई जना पक्राउ



काठमाडौं । सरकारी जग्गा बैना गरी ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका-७ बस्ने ७२ वर्षीय केशव प्रसाद अधिकारी र भक्तपुर नगरपालिका-८ बस्ने ५८ वर्षीय ईश्वर गाईजु रहेका छन् ।

केशव प्रसाद अधिकारी समेतले भक्तपुर साविक सुडाल गाविस-४ ‘क’ मा रहेको विभिन्न कित्ता नम्बरहरु अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएको छौ भनी झुक्याउनुका साथै किता नम्बर ३९९ क्षेत्रफल ९०–४–०–० ० रहेको छ ।

उक्त सरकारी जग्गा रहेको देखिन आएकोले सो जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना बापत ५ करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई भक्तपुर नगरपालिका–१० मालपोत गेटबाट पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार १८:४०