व्यापार घाटा ११ खर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

व्यापार घाटा ११ खर्ब नाघ्यो



काठमाडौं । मुलुकको कुल व्यापार घाटा ३४.५ प्रतिशत नाघेको छ । अर्थमन्त्री जर्नादन शर्माले शनिबार प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको ८ महिनामा सरकारको व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको उल्लेख छ ।

आर्थिक वर्ष २०७७/०७८ मा व्यापार घाटा १.६ प्रतिशतले मात्रै बढेको थियो । सो वर्षको ८ महिनाको अवधिमा कुल व्यापार घाटा ८ खर्ब ६३ अर्ब २१ करोड थियो । वस्तु आयात ३.६ प्रतिशतले बढेर १३ खर्ब ८ अर्ब ७३ करोड पुग्दा निर्यात पनि एक खर्ब ४७ अर्ब ७५ करोड मात्रै रह्यो ।

प्रकाशित : १४ जेष्ठ २०७९, शनिबार २१:३५