चालु आर्थिक बर्षमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अनुमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

चालु आर्थिक बर्षमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अनुमान



काठमाडौं । सरकारले चालु आर्थिक बर्षमा आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अनुमान गरेको छ । शनिबार प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको आर्थिक सर्वेक्षणमा २०७८/०७९ आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने अनुमान गरेको हो ।


बेमौसमि बर्षाको कारण धान बालिमा हुन गएको क्षेति एवम् कोभिड-१९ को ओमिक्रोन भाईरसको प्रभाबले गर्दा लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हुन नसकेको सरकारको अनुमान छ । यद्यपि, बाह्य क्षेत्र बाहेकका आर्थिक पररसूचकहरू सन्तोषजनक नै रहेका छन ।


चालु आवमा कृषि २.३ प्रतिशत, उद्योग ८.१ प्रतिशत र सेवा क्षेत्रको कुल मूल्य अघिवृद्धि ६.६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । चालु आवमा मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २३.९ प्रतिशत, १४.३ प्रतिशत र ६१.८ प्रतिशत रहेको छ ।

प्रकाशित : १४ जेष्ठ २०७९, शनिबार २२:३९