सुनचाँदीको मुल्यमा सामान्य बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा सामान्य बृद्धि



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २०० सय रुपैयाँले बृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला ९८ हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन आईतबार सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मुल्य प्रतितोला ९७ हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता ,चाँदीको मूल्यमा पनि सामान्य बृद्धि भएको छ । अघिल्लो दिन १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा ५ रुपैयाले बृद्धि भई प्रतितोला १२ सय ८५ रुपैया कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार ११:४४