नबनिर्वाचित बालेन र सुनीताले लिए नेपाल भाषामा शपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

नबनिर्वाचित बालेन र सुनीताले लिए नेपाल भाषामा शपथ



काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् ।

नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । बालेनलगायत नवनिर्वाचित उपमेयर सुनीता डंगोलले पनि नेपाल भाषामा सपथ लिएकी हुन् । उनलाई नवनिर्वाचित मेयर बालेनले शपथ ग्रहण गराएका हुन् ।

सोमबार बिहान राष्ट्रियसभा गृहमा काठमाडौंका मेयर, उपेयमरदेखि सबै वडा अध्यक्ष र सदस्यहरुले शपथ ग्रहण लिएका छन् । उनीहरुले आजै कार्यभार सम्हाल्ने तयारी गरिरहेका छन् ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार १३:२२