नेप्सेमा ७.२१ अंकको गिरावट, दुई कम्पनीको शेयरमुल्यमा सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेमा ७.२१ अंकको गिरावट, दुई कम्पनीको शेयरमुल्यमा सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन बुधबार पनि घटेको छ । आज नेप्से ७.२१ अंकले घटेर दुई हजार एक सय ३० दशमलव ७२ विन्दुमा रोकिएको हाे ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । एक अर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनी मध्ये १०१ कम्पनीको शेयरमूल्य बढेको छ, ८४ कम्पनीको शेयरमूल्य घटेको छ भने १० कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

आज दुई कम्पनीको शेयरमुल्य बढेर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा मैलुङखाला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ५२८ रुपैयाँ पुगेको छ भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९४ प्रतिशत बढेर प्रतिकित्ता १३९.४० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज शिखर इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशत घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको भएको छ । यस कम्पनीको आज १२ करोड १३ लाख ७३ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार १५:३२