सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?



काठमाडौं । शुक्रबार सुनको मूल्यमा बृद्धि भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, यता आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२६५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १२९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार ११:४२