प्राइम कमर्शियल बैंकले ५ वर्ष अवधिकाे ऋणपत्र निष्काशन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

प्राइम कमर्शियल बैंकले ५ वर्ष अवधिकाे ऋणपत्र निष्काशन गर्दै



काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले ५ वर्ष अवधिकाे ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले जेठ ३१ गतेदेखि ‘१०.१५ प्रतिशत प्राइम डिभेन्चर २०८४’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमा सामूहिक लगानी कोषहरुले आवेदन नदिएको बैंकले जनाएको छ। सो ऋणपत्र खरिदका लागि छिटोमा असार ३ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार १४ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित : २२ जेष्ठ २०७९, आईतवार ११:०२