इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने



काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने भएको छ । इसेवा मार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम रु एक हजारसम्म क्यासब्याक पाइने भएको हो ।

यस्तो क्यासब्याक ४८ घण्टा भित्र पाइने छ । यस किसिमको क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मिती बाट ७ दिनसम्म प्रिमियम भुक्तानी गर्दा पाइनेछ । यसरी भुक्तानी गर्दा इसेवाले हाल इन्स्योरेन्स्को शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिनेछ ।

यस योजनामा हरेकदिन एक जनाले एक हजार र बम्पर उपहारमा रु एक लाख रुपैयाँ जित्न सकिनेछ । साथै मेटलाइफका कुनैपनि शाखा कार्यालयका काउण्टरबाट इसेवा तथा फोनपे को क्यूआर मार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । हाल इसेवाबाट सबै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिने जनाएको छ ।

प्रकाशित : २३ जेष्ठ २०७९, सोमबार १३:३६