डर लाग्दो तथ्यः ६ सेकेण्डमा हुन्छ एटिएम ह्याक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डर लाग्दो तथ्यः ६ सेकेण्डमा हुन्छ एटिएम ह्याक



credit-card-fraudएटिएमबाट रकम चोरी हुने सिलसिला बन्द नहुँदै हयाकरहरुले मात्र ६ सेकेण्डमा एटिएम र क्रेडिट कार्ड ह्याक गर्न सक्ने तथ्य बाहिर आएको छ । यसको लागि मात्र एक ल्यापटप र इन्टर्नेट पर्याप्त हुने बताईएको छ । भर्खरै मात्र IEEE सिक्युरिटी एंड प्राइवेसी नामक एक जर्नलमा प्रकाशित नयाँ रिसर्चको अनुसार एटिएम र क्रेडिट कार्ड ह्याक गर्न मात्र ६ सेकेण्डको समय काफी हुने बताईएको छ ।

 

यसको लागि ह्याकर्सलाई मात्र एक ल्यापटप र इन्टर्नेट पर्याप्त हुने रिसर्चमा उल्लेख छ । यसअघि CVV नम्बर र एक्सपायरी डेट बिना कार्ड ह्याकि गर्न सम्भव नहुने मानिएको थियो । तर अब ह्याकर्सहरुले यि चिज बिना पनि बैंकमा भएको पैसा सजिलै उडाउन सक्ने भएका छन् । यसरी पैसा निकाल्दा पक्राउ पर्ने सम्भावना पनि निकै कम हुने रिसर्चमा उल्लेख छ । रिसर्चका अनुसार ह्याकर अब निकै चलाख भएका छन् । सबैभन्दा समस्याको विषय त अझ के भने सो साइबर हमला रोक्ने स्थितमा न त नेटवर्क रहेको छ न त बैंकनै । ह्याकर पेमेण्ट कार्डको डेटा हासिल गर्नको लागि मल्टिपल इन्भ्यालिड अट्याक गर्न माहिर देखिएका छन् । हाल चल्तिको अनलाईन पेमेण्ट सिस्टम मल्टिपल इन्भ्यालिड अट्याक या अलग अलग वेभ साइटबाट आउँने मल्टिपल पेमेण्ट रिक्वेष्टलाई डिटेक्ट गर्न सक्षम छैनन् । यसकारण पनि यि ह्याकरहरुलाई रोक्ने काम सजिलो नभएको रिपोर्टको दाबी छ ।
यसरी हुन्छ ह्याकिंग
हरेक समय हर वेभसाइटबाट खरीददारी गर्दा कार्ड पेमेण्टको अप्सन दिने गरिन्छ । यसको मतलब सूचनालाई सही क्रममा लगाउँन र त्यसलाई कलेक्ट गर्न निकै गाह्रो हुन जान्छ । रिपोर्टको अनुसार यस्तो स्थितीमा कार्ड ह्याक हुने चान्स बढी हुन्छ । यो क्रममा डेटाकार्डको पासवर्ड ह्याक हुने आशंका बढ्ता हुने गर्दछ ।

रिसर्चको अनुसार यदि ह्याकरसंग कार्डको शुरुवाती ६ डिजिटको जानकारी नभए पनि उनीहरु कार्ड ह्याक गर्नसक्छन् । अहिलेसम्म ६ डिजिट नम्वर विना ह्याकरहरुले कार्ड ह्याक गर्न सक्दैनन् भन्ने थियो । खासगरी खरीददारी कार्ड नम्बर,एक्सपायरी डेट,सेक्युरिटी कोडनै अनलाई शपिंगको लागि आवश्यक पर्ने गर्दछन् । हाल रिसर्चका अनुसार ह्याकरहरु यि सब चिजहरु निकै सजिलैसंग हासिल गर्न सक्दछन् ।
शोधकर्ताहरुका अनुसार भर्खरै मात्र भएको टेस्को साइबर अट्याक यहि नयाँ तरिकाबाट भएको हो । यस ह्याकिंगमा ह्याकर्सहरुले ग्राहकहरुको करीब २५ लाख पाउण्ड गायब बनाईदिएका थिए । सोही कारण भारतिय बैंक स्टेट बैंक अफ इण्डियाले पनि ३० लाख एटिएम बन्द गरेको थियो । एजेन्सीको सहयोगमा

प्रकाशित : २० मंसिर २०७३, सोमबार १६:१३