नेप्सेमा दोहोरो अंकको बृद्धि, चार कम्पनीको शेयरमुल्यमा सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको बृद्धि, चार कम्पनीको शेयरमुल्यमा सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लामो समयको अन्तराल पछि बुधबार हरियाली छाएको छ । साताको कारोबारको तेस्रो दिन नेप्से ६०.२२ अंकले बृद्धि भएर दुई हजार ८० दशमलब ४५ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि बृद्धि भएको छ । बुधबार एक अर्ब ६४ करोड ३ लाख ५६ हजार भन्दा बढीको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरु मध्ये १९३ कम्पनीको शेयरमुल्य बढेको छ भने दुई कम्पनीको शेयरमुल्य घटेको छ । यस मध्ये पनि आज ४ कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

जसमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५७३ रुपैयाँ पुगेको छ । त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३३८.६० रुपैयाँ, बलेफी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ९.९६ प्रतिशतले बढेर २२४.२० रुपैयाँ पुगेको छ भने कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता ११६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज माउन्टेन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमुल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको कम्पनीको भएको छ । यस कम्पनीको आज ५ करोड १२ लाख ४० हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार १५:२७