चिनीको मूल्य एकैपटक २० रुपैंयाँले बढ्यो, अब चिया पिउन मुस्किल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चिनीको मूल्य एकैपटक २० रुपैंयाँले बढ्यो, अब चिया पिउन मुस्किल



काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपालमा मूल्य आकासिएको छ । बजारमा चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल खुद्रा व्यापार संघका अनुसार सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन रोक लगाएपछि व्यापारीले चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुर्याएका थिए । भारतले चिनी निर्यातमा रोक लगाए पछि मूल्य थप १० रुपैयाँले बढेर ११० रुपैयाँ पुगेको संघले जनाएको छ ।

यसो हुँदा एकैपटक किलोमै २० रुपैयाँले चिनी महंगिएको हो । पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरू पनि चिनीको मूल्य बढाउन बाध्य भएको खुद्रा व्यापारीको भनाई छ । गत जेठ १८ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको छ । चिनीको मूल्य बढेसँगै चियाको मूल्य बढेको छ । होटल, रेष्टुरेन्ट तथा साना चिया खाजा पसलहरुमा प्रतिकप चियामा मुल्य बढेको हो ।

प्रकाशित : ३० जेष्ठ २०७९, सोमबार १३:४२