‘अर्थमन्त्रीको कार्यकक्षमा राति साढे १२ बजे कसले तहल्का मच्चायो, जवाफ चाहन्छौं’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

‘अर्थमन्त्रीको कार्यकक्षमा राति साढे १२ बजे कसले तहल्का मच्चायो, जवाफ चाहन्छौं’



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएका छन् । कतिपय नेताले उनको राजीनामा पनि मागेका छन् । नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्मासँग स्पष्टीकरण माग गरे ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै भट्टराईले बजेट निर्माणको सुइँको केही पक्षलाई दिइएको भन्दै अर्थमन्त्रीको स्पष्टीकरण माग गरेका हुन् ।

उनले बेलायतमा बजेटको सङ्केत गर्ने अर्थमन्त्रीले पद छाड्नुपरेको बताए । उनले भने,‘बेलायतको संसद्मा जुन दिन बजेट भाषण हुँदै थियो माननीय अर्थमन्त्री जीले ब्रिफकेश बोकेर भाषण गर्न जाँदा अर्को एक जना माननीय सदस्यले चुरोट खादै हुनुहुन्थ्यो । अर्थमन्त्रीले अहिले त खा न चुरोट भन्नुभयो । र अर्थमन्त्रीले भाषण गरिसकेपछि चुरोटको दाम बढ्यो । भाषण गरेपछि चुरोटमा कर बढ्दै छ भन्ने कुराको पूर्व सङ्केत दिएको हुँदा ती अर्थमन्त्रीले पद छोड्नपर्‍यो । अब हाम्रो देशमा यो लागु हुन्छ कि हुँदैन सभामुख महोदय ।’

उनले नेपालकै संसद्मा कुनै मन्त्रीको विदेशमा खाताका कुरा उठाउँदा सम्बन्धित मन्त्रीले पदबाट राजीनामा दिएको इतिहास दोहोराए । उनले भने,‘विद्युतीय गाडी सेनेटरि प्याडका विषयमा हामीले कुरा उठायौ । चाउचाउ वास्तवमा स्वास्थ्यका लागि त्यति उपयुक्त त होइन । नखानुस् पनि भन्दिन तर हाम्रो अर्थमन्त्रीको कार्यकक्षमा राति साढे १२ बजे तहल्का मच्चायो । यो किन यस्तो भइरहेको छ सभामुख महोदय । यी गम्भीर प्रश्नहरू हामी यहाँ उठाउन चाहन्छौ ।’ बजेट निर्माणको समय कसैलाई प्रवेश नदिइने नियमको उल्लङ्घन अर्थमन्त्रीले गरेको बताए ।

प्रकाशित : ३० जेष्ठ २०७९, सोमबार १४:०७