‘नो योर कस्टुमर’ प्रणाली राख्दै टेलिकम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘नो योर कस्टुमर’ प्रणाली राख्दै टेलिकम



काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले ‘ग्राहक पहिचान प्रणाली’ राख्ने तयारी थालेको छ । प्राधिकरणले टेलिफोन सेवाग्राहीको स्पष्ट पहिचान राख्ने गरी ‘नो योर कस्टुमर’ (केवाइसी) प्रणाली राख्ने भएको हो ।

प्राधिकरणका अध्यक्ष दिगाम्बर झाले यसका लागि अध्ययन भइरहेको बताए । प्राधिकरणले प्रयोगकर्ताका बारेमा पूर्ण जानकारी राख्न तथा ग्राहकको स्पष्ट तथ्यांक संकलन गर्न ‘ग्राहक पहिचान प्रणाली’ राख्ने भएको उनले जानकारी दिए । ‘पहिचान प्रणाली जडान गर्नेबारे प्रारम्भिक चरणको अध्ययन भइरहेको छ’ उनले भने, ‘यस्तो प्रणाली प्राधिकरणमै राख्ने कि सेवाप्रदायकसँग राख्ने भन्ने विषयमा भने अहिल्यै निक्र्योल भइसकेको छैन ।’ यस्तो प्रणाली सेवा प्रदायकसँग राखेर चाहेको बेला सेवाग्राहीको सूचना लिन सक्ने व्यवस्थासमेत गर्न सकिने उनले बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित : १ असार २०७२, मंगलवार ०५:४७