नक्सालमा फक्सवागनको सुविधासम्पन्न सोरुम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

नक्सालमा फक्सवागनको सुविधासम्पन्न सोरुम



काठमाडौं । नेपालका लागि फक्सवागन गाडीका लागि आधिकारिक विक्रि वितरक, पुजा ईन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मन  स्टेट अफ द आर्ट डिजाइनमा फ्ल्यगशिप सोरुम खोलेको छ । कम्पनीले ग्राहको बढ्दो माग अनुसार नक्सालमा ५ तारे अनुभवको अत्याधुनिक सुविधा सम्पन्न शोरुम संञ्चालनमा ल्याएको जनाएको छ ।

नेपालका लागि मित्र राष्ट्र जर्मनीका राजदूत थोमस प्रिंज, मालिगाउँ प्रहरी चौकीका प्रहरी नयब उपरिक्षक मिन बहादुर कुवँर, विशाल ग्रुपका प्रवन्ध निर्देशक विशाल अग्रवाल र संञ्चारकमीेको उपस्थितीमा उक्त सोरुमको उद्घाटन गरिएको छ ।


सोरुम उद्घानबारे टिप्पणी गदै पुजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेले भने, ‘नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न सोरुम खोल्न पाउँदा निकै खुसि छौं । यो सोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउने छ ।’


नयाँ सोरुम खोलेको अबसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त सोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आर्कषक अफर पनि ल्याएको उनले जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत विजुक्छेका अनुसार उक्त सोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ बर्ष सम्म तनाव मुक्त भई फ्रि सर्विसिंग र फ्रि कन्जुमएबल्स सुविधा पाउँने जनाएको छ ।


पुजा इन्टरनेसनलले १२ बर्ष देखि नेपालमा फक्सवागनका गाडी विक्रि वितरण गदै आएको छ । फक्सवागनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकोले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छन् । नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्विस सेन्टर संञ्चालनमा रहेका छन् ।

प्रकाशित : १ असार २०७९, बुधबार १४:५७