श्रम स्विकृति अब भैरहवाबाटै, काठमाडौं धाउन नपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

श्रम स्विकृति अब भैरहवाबाटै, काठमाडौं धाउन नपर्ने



काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल शुरु भएसँगै भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा खुलेको छ । अब विदेश जानेहरुका लागि पूर्व श्रम स्विकृति, अन्तिम श्रम स्विकृति र व्यक्तिगत श्रम स्विकृतिको काम भैरहवाबाटै हुने भएको छ । यो संगै श्रम स्विकृतिको लागि काठमाडौं धाइ रहनु पर्ने बाध्यता हटेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले आज औपचारिक रुपमा उद्घाटन गरेसँगै भैरहवाबाट श्रम स्वीकृति लिन सक्ने बाटो खुल्ला भएको हो ।

सरकारले करिब दुई महिना अघिदेखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको थियो । उक्त विमानस्थल सञ्चालन ल्याएसँगै विभिन्न संस्थाका व्यवसायीहरू श्रम स्वीकृति को व्यवस्था माग गरेका थिए । सोहीअनुसार सरकारले श्रम स्वीकृति को व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १ असार २०७९, बुधबार १७:४३