आइएमईको जोड्दै छ नाता अफर सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

आइएमईको जोड्दै छ नाता अफर सार्वजनिक



काठमाडौँ । ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने ५ जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति २२ हजार (कर वाहेक) उपलब्ध गराउने छ । यो अफर ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सका रुपमा मनाईने असार २ गते बिहिबार एकदिनका लागि मात्र लागू हुने जनाएको छ ।

संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करौडौं नागरिकहरूले रेमिटेन्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको रुपमा मनाएको हो । विकाशोन्मुख देशहरूका लागि रेमिटेन्स जीवन निर्वाहको मुख्य श्रोत हो ।

यसरी व्यक्ति व्यक्तिले प्राप्त गर्ने रेमिटेन्स देशको अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिन्छ । त्यसैले रेमिटेन्स कमाउने विश्वका नागरिकहरूको जीवन सुरक्षा पहिलो प्राथमिकता बनोस् । आप्रवासी नागरिकले कमाएको रेमिटेन्स सुरक्षित ढंगले घरपरिवारको हातसम्म पुगोस् भन्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : १ असार २०७९, बुधबार २२:२९