ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जरका लागि सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जरका लागि सम्झौता



काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जरका लागि सम्झौता भएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक वीच एक आपसमा गाभिने सहमति गरेको केही दिनपछि बिहीबार बिहान होटल याक एन्ड यतिमा भएको सम्झौतामा १ः१ अनुपातमा बैंक मर्जर हुने सम्झौता भएको बैंक अफ काठमाडौंका एक डाइरेक्टरले जानकारी दिए ।

ग्लोबल आईइमई बैंकले अहिलेसम्म दुईवटा कमर्ज एन्ड ट्रस्ट बैंक र जनता बैंकलाई आफूमा गाभिसकेको छ । १ः१ को अनुपातमा मर्ज हुँदा ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ बराबरको हुनेछ ।

मर्जरपछि ग्लोबल बैंकका रत्नराज बज्राचार्य सीईओ र चन्द्रप्रसाद ढकाल अध्यक्ष रहने गरी सहमति भएको हो ।मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुनेछ ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ्ग इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताएका छन्। ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधै पहिलो हुने गरेको बताउँदै तदअनुरुप यो मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए।

उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिवद्धता समेत व्यक्त गरे। बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ्ग क्षेत्रमा आजको दिन सधै संस्मरणमा रहने बताए।

उनले मर्ज हुनु प्राकृतिक प्रकृया हो तर मर्जरपछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको बताए। उनले नयाँ बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा ठूलो सफलता हासिल गर्नेमा विस्वास प्रकट गरे।

साथै, उक्त कार्यक्रममा दुवै बैंकका अध्यक्षहरुले गाभ्ने /गाभिने कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष तवरले सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंकका सञ्चालहरु, शेयरधनी, कर्मचारीवर्ग, सञ्चार क्षेत्र लगायत सम्बन्धित सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक आभार व्यक्त गरेका छन्।

प्रकाशित : २ असार २०७९, बिहीबार १०:४४