रिलायबल डेभलपमेन्ट बैंकले २९ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिलायबल डेभलपमेन्ट बैंकले २९ प्रतिशत बोनस सेयर दिने



reliable_12_7_2016_11_27_51काठमाडौं, २२  मंसिर । रिलायबल डेभलपमेन्ट बैंकले २९ प्रतिशत बोनस सेयर दिने भएको छ ।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले लगानीकर्तालाई गत वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

बैंकको यो निर्णय नियामक नेपाल राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट अनुसार रिलायबलको चुक्ता पुँजी ७८ करोड ८५ लाख ८२ हजार रूपैयाँ छ । रिलायबलको रिजर्भ कोषमा पनि ४४ करोड रूपैयाँभन्दा बढी जम्मा भइसकेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड ६८ लाख १७ हजार रूपैयाँ खुद नाफा गरेको छ । रिलायबलको प्रतिसेयर आम्दानी १६ रूपैयाँ ५६ पैसा छ ।

प्रकाशित : २२ मंसिर २०७३, बुधबार १५:०२