सुनचाँदीको मुल्यमा बृद्धि, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा बृद्धि, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । शुक्रबार छापावाल सुनको मुल्य तोलामा ८०० सय रुपैंयाले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० सय रुपैयाँ कायम भएकोमा आज ९७ हजार ८०० सय रुपैंया कायम भएको हो ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० सय रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदीको मूल्यमा पनि सामान्य बृद्धि भएर प्रतितोला १२७५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार ११:०१