नेप्से परिसुचक दोहोरो अंकले गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसुचक दोहोरो अंकले गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३७.२७ अंकले घटेर एक हजार ९ सय ३४ दशमलब १२ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्सेमा एक अर्ब १३ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरु मध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ, १७९ कम्पनीकोे शेयरमूल्य घटेको छ भने २ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भई सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। जसमा आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६५६.३० रुपैयाँ पुगेको छ।

नेप्सेका अनुसार आज रिभर फल्स पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड २९ लाख ८९ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ५ असार २०७९, आईतवार १५:२८