२५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गदै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

२५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गदै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकका अनुसार सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

असार ७ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् भने बिक्री गरिने कुल ट्रेजरीहरु मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार सो दिन बिक्री हुने कुल २५ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी मध्येमा पुरानो नविकरण अन्र्तगत २० अर्ब ५३ करोड र नयाँ पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ ।

प्रकाशित : ५ असार २०७९, आईतवार १७:४६