सार्वजनिक यातायातको भाडा फेरी बढ्यो, कुन रुटको भाडा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

सार्वजनिक यातायातको भाडा फेरी बढ्यो, कुन रुटको भाडा कति ?



काठमाडौं ।  सरकारले  पेट्रोलियम पदार्थको मूल्य बढाएपछि सार्वजनिक यातायातको भाडा पनि बढेको छ । विभागले सोमबार सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।

यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ६.९४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा बढाएको जनाएको छ ।

विभागले स्वचालित प्रणाली बमोजिम सोबारदेखि नै बढेको मूल्य लागु हुने जनाएको छ ।

प्रकाशित : ६ असार २०७९, सोमबार १३:११