हवाई भाडा बढ्यो, अब कुन ठाउँ जान कति लाग्छ ?(सुचिसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

हवाई भाडा बढ्यो, अब कुन ठाउँ जान कति लाग्छ ?(सुचिसहित)



काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनमा १९ रुपैयाँले वृद्धि गरेसँगै हवाई भाडा एक हजार २० रुपैयाँले वृद्धि भएको छ। असार ८ देखि लागू हुने गरि आन्तरिक तर्फको हवाइ भाडा बढेको हो।

वायुसेवा कम्पनीका अनुसार रुटमा ८४० रुपैयाँसम्म वृद्धि भएको छ। काठमाडौं माउन्टेन फ्लाइटको भाडा ६५५ रुपैयाँले बढेर १४ हजार ७२० रुपैयाँ पुगेको छ।

त्यसैगरी काठमाडौं भद्रपुर ५७० रुपैयाँले बढेको छ भने काठमाडौं विराटनगर ४५५ रपैयाँले ले बढेको छ। काठमाडौबाट हुने अन्य गन्तव्यहरु जनकपुरमा २४५, भरतपुर २००, पोखरा ३००, भैरहवा ३९५, नेपालगन्ज ६२०, धनगढी ८४०, तुम्लिङटार ३५० र सिमराको १७० रुपैयाँले बढेको वायुसेवा कम्पनीले जनाएका छन् ।

प्रकाशित : ६ असार २०७९, सोमबार १७:४९